सुआरेज नासियोनलमा अनुबन्धित

काठमाडौँ - उरुग्वेली फरवार्ड लुइस सुआरेज आफ्नो पूर्वक्लब नासियोनलमा अनुबन्धित भएका छन्। सुआरेज बुधबारबाट आधिकारिक रूपमा नासियोनलमा आबद्ध भएका हुन्। सुआरेजले आफ्नो पहिलो क्लब नासियोनलसँग १ वर्षको लागि सम्झौता गरेको बताइएको छ।

यस समरमा स्पेनिस क्लब एट्लेटिको मेड्रिडमा आफ्नो सम्झौता सकिएपछि ३५ वर्षीय सुआरेज फ्री एजेन्ट बनेका थिए। सुआरेजले मंगलबार नै आफ्नो पूर्वक्लब फर्कन लागेको भिडियो पोस्ट गरेका थिए। जहाँ क्लबसँग सम्झौता भएको बताएका थिए।

सुआरेजले युरोपमा १६ वर्षे आफ्नो व्यवसायिक खेल करियरपछि उरुग्वे र नासियोनल फर्किएका हुन्। उनले यस नेदरल्यान्ड्स, इंग्ल्यान्ड र स्पेनमा आफ्नो व्यवसायिक खेल करिअर बिताएका छन्।

सुआरेजले सन् २००५ मा १८ वर्षको उमेरमा नासियोनलका लागि आफ्नो व्यावसायिक डेब्यु गरेका थिए। जहाँ उनले टोलीलाई उरुग्वेली लिगको उपाधि जिताएका थिए। त्यसपछि, उनी ग्रोनिन्जेनमा आबद्ध भएका थिए। ग्रोनिएनमा १ सिजन बिताएपछि उनी डच क्लब आयाक्स पुगेका थिए। आयाक्समा साँढे ३ सिजन बिताएपछि उनी इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए।

लिभरपुलमा पनि साढे ३ सिजनको बसाइपछि उनी २०१४-१५ को सिजनमा क्याटलान क्लब बार्सिलोनामा अनुबन्ध भएका थिए। बार्सिलोनामा ६ सिजन बिताएका उनी २०२०-२१ को सिजनमा अर्को स्पेनिस क्लब एट्लेटिको मेड्रिडमा पुगेका थिए।

आयाक्सबाट डच लिग र डच कप, लिभरपुलबाट फुटबल लिग कप, बार्सिलोनाबाट ४ पटक स्पेनिस ला लिगा, ४ पटक कोपा डेल रे, २ पटक सुपर कोपा, १ पटक च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप र सुपर कप जितेका छन्। एट्लेटिकोबाट १ पटक ला लिगा जितेका छन्। सुआरेज १६ वर्षपछि आफ्नो पूर्वक्लब फर्केका हुन्। सन् २०११ मा उरुग्वेबाट कोपा अमेरिका जितेका सुआरेजले नासियोनलबाट उरुग्वेली लिग जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×