आजको मौसम पूर्वानुमान

काठमाडौँ - काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानैबाट पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। सोही कारण बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावनासमेत रहेको छ। महाशाखाका अनुसार आज दिउँसो प्रदेश-१, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै भोलि बिहिबार प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार पनि लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×