दार्चुला स्थित एक विद्यालयको जोखिमपूर्ण भवनमा पठनपाठन

दार्चुला - दुहुँ गाउँपालिका–२ स्थित दह आधारभूत विद्यालयले एक वर्षदेखि जोखिमपूर्णरुपमा विद्यालयमा पठनपाठन गर्दैआएको  छ। गत वर्ष भदौ दोस्रो साता गएको बाढीपहिराका कारण सो विद्यालय जोखिमपूर्ण अवस्थामा छ। पहिराले पर्खाल भत्काउनुका साथै विद्यालय परिसर आधा कटान गरेको छ।

शिशु कक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयको भवनमा समेत क्षति पुगेको छ। “विद्यालयमा खानेपानी र शौचालयसमेत छैन। शौचालय नहुँदा विद्यार्थी र शिक्षक खोलामा गएर शौच गर्नुपर्ने बाध्यता छ”, प्रधानाध्यापक जङ्गबहादुर बमले भने। भवनको वरपर पहिरो गएको छ। “अहिले जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्दैछौँ”, बमले  भने। 

विद्यालयमा हाल ७७ विद्यार्थी अध्ययनरत छन्। अघिल्लो शैक्षिकसत्रमा १२० भन्दा बढी विद्यार्थी अध्यनरत थिए। “बाढीपहिरोपछि नरुली र बत्थोली गाउँबाट विद्यार्थी आउन मानेका छैनन्”, प्रअ बमले भने। बाटोघाटो अभावका कारण पनि विद्यार्थी आउन मानेका छैनन्। खेलमैदान नहुँदा विद्यार्थीलाई खेल्न समस्या भएको छ। विद्यालयमा हाल तीन शिक्षक कार्यरत छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×