काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जीत निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो।
पहिलो हाफको इन्जुरी समयमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई शुरूवाती अग्रता दिलाएका थिए। खेलको ५४ औं मिनेटमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए।
त्यसपछि खेलको ८९ औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई ३-० गोलको जीत दिलाएका थिए। जितसँगै चेल्सी चौंथो स्थानमा उक्लिएको छ। चेल्सीले ८ खेलमा १६ अंक जोडेको छ। उल्भ्स ६ अंक जोडेर १८ औं स्थानमा रहेको छ।