काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै उच्च सतर्कता अपनाउन राज्यका निकायलाई निर्देशन दिएका छन् ।
शुक्रवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीको बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई उच्च सर्तकता अपानाउन निर्देशन दिएका हुन्। नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उहाँले जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहन आग्रह गरे।
प्रधानमन्त्री देउवाले स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन समेत स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिए।