काठमाडौँ । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ।
गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो। आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ। इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिए। धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो। आगलागीबाट रु. दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।