काठमाडौँ - 'द कश्मीर फाइल्स' चलचित्रले बटुलेको चर्चा सेलाउन नपाउँदै फिल्मका निर्देशक विवेक अग्निहोत्री फेरी पनि उनले बनाउने नयाँ फिल्मको लागि चर्चामा आएका छन्। 'द कश्मीर फाइल्स'को सफलता पछि उनले अब 'द दिल्ली फाइल्स' नामबाट चलचित्र बनाउने भएका छन्।
कश्मीरमा हिन्दू पण्डितहरूमाथि भएको दुर्व्यवहारको विषयलाई चलचित्रको कथामा ढालेका विवेकले अब 'द दिल्ली फाइल्स'मा कस्तो कथावस्तु पस्किने भन्ने बारे भने खुलाएका छैनन्। तर फिल्मका लागि दिइएको नामअनुसार भने उनले पुनः एउटा समुदायमाथि भएको ज्यादतीकै विषयलाई उठाउने अनुमान लगाउन सकिन्छ।