काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई जावलाखेल युथ क्लबले २-० को अन्तरले हराएको छ। काठमाडौँको त्रिपुरेश्वस्थित दशरथ रंगशालमा भएको खेलमा विपिन कँडेल र निकोलस फर्नान्डेसले १-१ गोल गर्दै आफ्नो टिमलाई जिताएका हुन्। विपिनले खेलको ५०औं मिनेटमा र फर्नान्डेसले खेलको ७०औं मिनेटमा गोल गरेका थिए।
यो जितसँगै जावलाखेल ६ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा पुगेको छ भने सातदोबाटो भने ८ अंकसहित पाँचौ स्थानमा छ।
यो खेलसँगै लिगको छैटौं चरणको खेलहरू सकिएको छ। अहिलेसम्मको तालिका हेर्दा मछिन्द्र फुटबल क्लब १४ अंक जोड्दै शीर्ष स्थानमा, मनाङ मर्स्याङ्दी १३ अंक सहित दोस्रो स्थानमा र संकटा क्लब १२ अंक सहित तेस्रो स्थानमा रहेको छ।
The table after conclusion of round 6. #LeagueTable pic.twitter.com/hZuhhXaUqc
— All Nepal Football Association (@theanfaofficial) December 27, 2021