काठमाडौँ - युवा लोकगायक अर्जुन सापकोटाको ‘ए ठूली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको सो गीतमा अर्जुनको आफ्नै शब्द, सङ्गीत र स्वर रहेको छ।
सुनिल परियारको एरेन्ज रहेको गीत अर्जुनको यसअघिका गीतहरूभन्दा फरक रहेको बताए। जेरी भण्डारीको कथा एवं निर्देशनमा तयार भिडियोमा अर्जुन र क्रिष्टल सापकोटाको अभिनय रहेको छ। यो गीतको भिडियोमा अर्जुनले समेत अभिनय गरेका छन्।
करन चैसिर र दीपक गिरीको छायाङ्कन रहेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका छन्। अर्जुनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ। अर्जुन पछिल्लो पुस्ताका रुचाइएका गायक हुन्।