च्याम्पियन्स लिगः लाइपजिगको सहज जीत

काठमाडौँ - यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ। बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो।

लाइपजिगको जितमा आन्द्रे सिल्भाले २ गोल गरेका थिए। क्रिस्टोफर एनकुन्कुले १ गोल गरेका थिए। सेल्टिक जोताले १ गोल फर्काए।

लाइपजिगको यो पहिलो जित हो। समूह एफको लाइपजिगले ३ खेलमा ३ अंक जोडेको छ। सेल्टिक १ अंक जोडेर पुछारमा रहेको छ।

अर्को खेलमा एफसी साल्जवर्गले डिनामो जेग्रेबलाई १-० ले हराएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×