उपेन्द्र यादवले सप्तरी २ मा दर्ता गराए उम्मेदवारी

काठमाडौँ - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट उम्मेदवारी दर्ता गराएका छन्। जसपा र एमालेका साझा उम्मेदवार अध्यक्ष यादवले अघिल्लो चुनावमा पनि त्यहीबाट चुनाव जितेका थिए।

यसपाली पनि उनले अन्य क्षेत्रबाट चुनाव लड्ने चर्चा चलेपनि अन्त्यमा सप्तरी २ नै रोजेका हुन्। पहिलो संविधानसभा मोरङ र दोस्रो संविधानसभा सुनसरीबाट जितेका उनले २०७४ को चुनाव सप्तरी २ बाट जितेका थिए। यसपटक पनि उनले त्यहीबाट उम्मेदवारी दिएका हुन्। 

उनले सत्ता गठबन्धनका उम्मेदवार जेपी ठाकुर र जनमत पार्टीका अध्यक्ष सिके राउतसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। जेपी ठाकुरलाई लोसपाले उम्मेदवारी दिन लगाएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×