नंदमुरी बालाकृष्णको 'अखंडा'को हिन्दी रिमेक बन्ने

भारत। दक्षिण भारतका सफल चलचित्रहरूको बलिउडमा लामो समयदेखि रिमेक हुँदै आएको छ। यसैबिच खबर आएको छ कि दक्षिण भारतीय कलाकार नंदमुरी बालाकृष्णको हालै प्रदर्शनमा आएको चलचित्र 'अखंडा'को हिन्दी रिमेक बनाउन केहि निर्माताहरू लागि परेका छन्। चलचित्रले बक्सअफिसमा गरेको राम्रो कमाइ देखेर बलिउडका निर्माता आकर्षित भएका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार 'अखंडा'को हिन्दी रिमेकको मुख्य भूमिकाका लागि अक्षय कुमार र अजय देवगनको नाम सबैभन्दा अघि छ। दुईमध्ये एकले नंदमुरी बालाकृष्णको ठाउँ लिनेछन्। चलचित्रका निर्माता रविंद्र रेड्डीलाई धेरै बलिउड निर्माताहरुले हिन्दी राइट्सका लागि प्रस्ताव गरेका छन्। जसमध्ये साजिद नाडियाडवाला पनि एक हुन्। यो कुरालाई लिएर साजिद र रविंद्रको निरन्तर कुराकानी भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×