काठमाडौँ - लोक दोहोरीमा फरक पहिचान बनाउन सफल गायिका प्रिती आले र गायक टेक अधिकारीको स्वर रहेको तीज गीत ‘ओए मेरी रानी’ सार्वजनिक भएको छ। टेक अधिकारी र रेशम प्रधानको शब्द रहेको गीतमा रेशम प्रधानकै संगीत रहेको छ।
गीतको भिडियोमा अनु पराजुली र लोमश शर्माको अभिनय रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका हुन्। भिडियोमा युवराज खत्रीको सम्पादन रहेको छ।