चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता

एजेन्सी -  चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा हुनुहुन्छ । चीन पुग्नुभएका उहाँ र चिनियाँ विदेशमन्त्री वाङका बीचमा ग्वान्जाउमा भेटवार्ता भएको थियो ।

सो भेटमा आफूले संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तलाई १७ वर्षपछि पहिलो पटक भेट गरेको जानकारी विदेश मन्त्री यीले दिएका थिए । विदेशमन्त्री यीले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको यो भ्रमण चीन र संयुक्त राष्ट्रसंघका बीचमा महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेका थिए ।

यस भ्रमणबाट चीन र संयुक्त राष्ट्रसंघका बीचको आपसी समझ्दारीको विकासमा थप सहयोग पुग्ने चिनियाँ विदेशमन्त्री यीले बताउनु भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×