७० वर्षपछि सर्वोच्च अदालतमा पेसी तोक्ने प्रणाली परिवर्तन; आजबाट गोलाप्रथा प्रणाली लागू

काठमाडौँ । सर्वोच्च अदालतमा ७० वर्षदेखि प्रधानन्यायाधीशद्वारा तोकिँदै आएको पेसी अब भने गोलाप्रथा प्रणालीद्वारा तोकिने भएको छ।

वि.सं. २००८ सालमा स्थापना भएको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक मुद्दाहरूको पेसी गोलाप्रथाबाट तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोरोना संक्रमित भएर शसस्त्र प्रहरीको अस्पतालमा उपचाररत रहेको समयमा प्रधानन्यायाधीशको अधिकार जस्तै रहेको पद्धति खोसिएको हो। नेपालमा २९ औं प्रधानन्यायाधीशको रूपमा कार्यरत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यकालमा यस ऐतिहासिक निर्णय भएको हो। अल्पकालीन अवधिका लागि आज बुधबार गोलाप्रथाबाट पेसी तोक्ने कार्य शुभारम्भ भएको हो। गत मंसिर २ गते फुलकोर्ट बैठक राखी सर्वोच्च अदालत नियमावली संशोधन गरिएको थियो। उक्त नियमावलीमा रहेको प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था संशोधन गर्दै गोलाबाट तोकिने भनिएको थियो। उक्त संशोधन राजपत्रमा प्रकाशित हुँदै आजदेखि लागू हुने सूचना जारी गरिएको थियो।

सर्वोच्च अदालतमा ७० वर्ष अघिदेखि पेसी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा रहँदै आएकोमा स्वचालित पेसी व्यवस्थापनमा जानुपर्ने सुझाव विभिन्न अध्ययन समितिले दिएको थियो।  तर, स्वचालित पेसी व्यवस्थापन प्रणालीमा जानुपूर्व संक्रमणकालीन प्रक्रियाका रूपमा गोलाप्रथा लागू गरिएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×