थामिँदै पराकम्प, बढ्दै भूकम्प

काठमाडौँ - पूर्वी तथा मध्य नेपालमा आइतबार ठूलो भूकम्पको धक्का महसुस गरिएको छ। खोटाङ केन्द्रबिन्दु भएर छ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। २०७२ सालपछि गएको यो ठूलो भूकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए। यसअघि करिब दुई वर्षअघि सोलुखुम्बु केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता चार रेक्टर स्केल आसपासका भूकम्प र पराकम्प बारम्बार गइरहेका थिए।

पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ। २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो। त्यो भूकम्प १९९० सालपछिको हालसम्मकै ठूलो भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले उल्लेख गरेको छ। वरिष्ठ भूकम्पविद् अधिकारीका अनुसार कुनै क्षेत्रमा भूकम्प गइसकेपछि आउने जाने त्योभन्दा साना धक्का पराकम्प हुन्छन् तर त्यही क्षेत्रमा अघिल्लोभन्दा ठूलो धक्का आएमा त्यो फेरि भूकम्प मानिन्छ। पराकम्पको क्रम तीन÷चार वर्षसम्म चल्न सक्छ। त्यसपछि भने फेरि भूकम्प आउन सक्छ। २०७२ यता गोरखा भूकम्पका पराकम्प धक्का बढी गइरहेका थिए। पछिल्लो समय भने पराकम्पको लहर घट्दै नयाँ भूकम्पका धक्का बढी जान थालेको पाइएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए। गोरखापत्र दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×