माया बस्योमा सुरेश र डा. एलिया सोयवको रोमान्स

काठमाडौं । चर्चित पाकिस्तानी टिकटकर तथा मोडेल डा. एलिया सोयव अभिनित रोमाण्टिक म्युजिक भिडियो ’माया बस्यो’ सार्वजनिक भएको छ । यस गीतमा गायक सुरेश लामाको सुमधुर स्वर सुन्न सकिन्छ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द र संगीत डा. एलिया सोयव र सुरेश लामाको रहेको छ । गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा एलिया र सुरेशको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा पवन सुस्लिङको छायाँकन र सम्पादन रहेको छ । निर्मल कुमार लामा (बिजी) को निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक लामाको युट्युव च्यानल ’सुरेश लामा’ मार्फत सार्वजनिक भएको हो।

नेपाल र नेपालीलाई अति नै माया गर्ने डा. एलिया सोयव गायक सुरेश लामाको टिकटक जोडीको रुपमा नेपाली फ्यानहरुमाझ लोकप्रिय छिन् । अलरेस फ्यामेली टिकटक जगतकै बलियो र सृजनशील परिवारको रुपमा चिनिन्छ । ’माया बस्यो’ म्युजिक भिडियोलाई हेरेर, सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×