काठमाडौँ - भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ। खराब मौसमका कारण काठमाडौँ विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो।
बिहान सवा ६ बजे उड्नुपर्ने विमान ७:३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो। त्यसपछि पुन: त्यहाँबाट उडेको विमान १०:२५ मा मात्र काठमाडौँमा अवतरण गरेको छ।
झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले जानकारी दिएका छन्। बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो।