चलचित्र ‘लाखे’ भदौबाट पछि सर्‍यो, अब तिहारमा प्रदर्शन हुने

काठमाडौँ - मल्टिस्टारर चलचित्र ‘लाखे’ को प्रदर्शन मितिमा हेरफेर गरिएको छ। अब, पूर्वनिर्धारित मिति भदौ ३१ गते चलचित्र प्रदर्शनमा नआउने भएको छ।

चलचित्रको भीएफएक्स, मिक्सिङलगायतका प्राविधिक कार्य मुम्बईमा भइरहेको र पूर्वनिर्धारित मितिमा तयार नहुने देखिएकाले प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिएका छन्।

उनका अनुसार चलचित्र अब कात्तिक ११ गतेदेखि दर्शकमाझ आउनेछ। चलचित्रले नयाँ प्रदर्शन मितिका लागि तिहार रोजेको हो। चलचित्रमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुपविक्रम शाही, वर्षा राउत, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा लगायतको अभिनय रहेको छ।

सिजन अर्यालको कथा, आकाश बरालको पटकथा रहेको चलचित्रको निर्माता सिजनसँगै जि.एम ठकुरी हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×