सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने माथि कारबाही हुने

काठमाडौँ - सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउनेलाई प्रहरीले कारबाही गर्ने भएको छ। केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी भिडियो तथा तस्बिर अपलोड गरेको भन्दै त्यस्ता व्यक्तिमाथि कारबाही गर्ने चेतावनी सहित नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना जारी गरेको हो।

गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पार्ने गरी गतिवधि गरेको ब्यूरोको भनाइ छ। समाजमा उत्तेजना फैलाउने, सामाजिक सद्भाव खल्बल्याउने र पीडितको गोपनीयताको हकको हनन् गरी सामाजिक तथा मानसिक स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउने किसिमका गतिविधि देखिएको ब्यूरोको सूचनामा उल्लेख छ।

त्यस्ता क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा प्रचलित कानुनबमोजिम कारबाही हुने ब्यूरोले चेतावनी दिएको छ। 

यसैबीच, गृह मन्त्रालयले सुरक्षा निकायका तस्बिर तथा भिडियो दुरुपयोग गरी भ्रामक एवं झुटा शीर्षक राखी सम्पादित सामग्री सामाजिक सञ्जालमा राख्नेविरुद्ध कारबाही हुने जनाएको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रविधिको प्रयोग गरी युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा भ्रामक एवं झुटा क्याप्सन राखी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्धित भिडियो तथा तस्बिर राखी प्रकाशन तथा शेयर गरी आफबाह फैलाउने प्रवृत्ति देखिएको जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×