काठमाडौँ - नेपाली फिल्म ‘दोख’ १६ वर्ष मुनि उमेर भएका बालबालिकाले हेर्न नपाउने भएका छन्। शुक्रबारबाट प्रदर्शनमा आउने उक्त चलचित्र १६ वर्ष मुनिका उमेरसमूहले हेर्न नमिल्ने भन्दै चलचित्र बोर्डले फिल्म एडल्टस् सर्टिफिकेट प्रदान गरेको हो।
सेन्सर बोर्डका अनुसार सो फिल्ममा केही प्रयुक्त अश्लील र राजनीतिक शब्द भएकाले त्यसले बालबालिकालाई असर पर्ने भएपछि यसलाई १६ वर्ष मुनिका दर्शकले हेर्न नमिल्ने गरी सेन्सर पास दिइएको छ।
सविन ज्ञवाली र मनोज अधिकारीले निर्माण गरेको फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय रहेको छ।