आईएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच सहकार्य

काठमाडौँ । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमासम्बन्धी सम्झौता भएको छ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतासँगै नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमालगायत सम्पत्ति तथा गाडीसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बोर्डले आईएमईसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गरे। बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउनु खुसीको कुरा भएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×