सामन्था अब हलिउड चलचित्रमा पनि

भारत। दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु लामो समयदेखि व्यक्तिगत कारणले चर्चामा छिन्। केहि समयअघि मात्र उनले आफ्ना पति तथा अभिनेता नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेकी छिन्। यसैबिच सामन्थाका प्रशंसकहरुका लागि एउटा खुशीको खबर आएको छ। खबरका अनुसार सामन्था हलिउ चलचित्रमा देखिने भएकी छिन्। उनी चलचित्र ‘अरेजमेन्ट्स अफ लभ’मा अनुबन्धित भएकी छिन्। चलचित्रको निर्देशन ‘बाफ्टा अवार्ड’ विजेता निर्देशक फिलिप जोनले गर्नेछन्,जसले  ‘द गुड कर्मा हस्पिटल’ र ‘डाउनटाउन एबे’ जस्ता हिट शो बनाएका छन्। चलचित्रको निर्माण सुनीता टाटीको प्रोडक्सन हाउस गुरु फिल्मसले गर्नेछ। चलचित्रको कथा सन् २००४ मा आएको ‘बेस्ट सेलिङ नोभल’मा आधारित रहनेछ। उनले चलचित्रमा भारतीय जासुसको भूमिका निभाउनेछिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×