प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएनबीच भेट

काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणबीच आज जङ्गीअड्डामा भेटवार्ता भएको छ। त्यस अवसरमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा विचार–विमर्श भएको थियो।

उक्त भेटवार्ताबाट दुई मुलुकका सेनाबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ  तुल्याउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ। आजै जनरल अनन्तनारायणले कोभिड–१९ विरुद्ध एक लाख मात्रा खोप नेपाली सेनालाई हस्तान्तरण गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×