काठमाडौँ। कोरोना महामारी सामान्य हुँदै गएसँगै नेपाली निर्माताहरु आफ्नो चलचित्रको प्रदर्शन मिति घोषणा गर्न थालेका छन्। हाल प्रदर्शनमा आएका नेपाली चलचित्रले सिनेमाघरसम्म दर्शक फर्काएपछी निर्माताहरु आशावादी बनेका हुन्।
यसैबीच, अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको चलचित्र ‘द सेक्रेट अफ राधा’को प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्देशक सुवर्ण थापाका अनुसार चलचित्र आगामी वर्षको भदौ २४ गतेबाट प्रदर्शनमा आउन लागेको हो।
यो चलचित्रको छायांकन काठमाडौँ र चित्लाङमा गरिएको छ। त्यसैगरि चलचित्रमा सौगात मल्लको समेत लगानी रहेको छ।