भारत। बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेड्नेकर मुख्य भूमिकामा रहेको चलचित्र ‘बधाई दो’ फेब्रुअरी ११ मा प्रदर्शनमा आउने भएको छ। आज चलचित्रको ट्रेलर सार्वजनिक गर्दै चलचित्रको पूर्वनिर्धारित मिति परिवर्तन गरिएको निर्माण पक्षले जनाएको छ।
यसअघि चलचित्र फेब्रुअरी २ मा प्रदर्शनमा आउने बताईएको थियो। चलचित्र सन् २०१८ मा प्रदर्शनमा आएको चलचित्र ‘बधाई हो’को सिक्वेलको रुपमा बनाइएको छ। चलचित्रमा हर्षबर्धन कुल्कर्नीको निर्देशन र सुमन अधिकारी, अक्षत घिल्डायल र निर्देशक कुल्कर्नीको लेखन रहेको छ।
चलचित्रमा भूमिले सुमन सिंह, एक खेलकुदकी शिक्षकको भूमिका निभाएकी छिन्, जो महिलाप्रति आकर्षित हुन्छिन्। त्यसैगरि राजकुमार भने शर्दुल ठाकुरको भूमिकामा छन्, जो प्रहरी हुन्। समलिंगी कथामा आधारित चलचित्रमा भूमिकी प्रेमिकाको रुपमा छम दरंगले अभिनय गरेकी छिन्।
ट्रेलर: