काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेटको फाइनल आज हुँदैछ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। यी दुईबीचको खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ।
आर्मी र सदुरपश्चिम प्रदेशबीच पहिलो सेमिफाइनल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी फाइनलमा पुगेको हो। यता, वर्षाले प्रभावित दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई पराजित गर्दै पुलिसले आर्मीसँगको भेट पक्का गरेको हो।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भइरहेको हो।
प्रतियोगितामा ३ विभागिय, ७ प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको थियो।