प्रधानमन्त्री कपमा प्रदेश १ को पहिलो जित

काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले पहिलो जित हात पारेको छ। उसले आज सम्पन्न समूह बीअन्तर्गतको खेलमा बागमती प्रदेशलाई ७९ रनले हराउँदै पहिलो जित हात पारेको हो।

३०५ रनको लक्ष्य पछ्याएको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै २५५ रन मात्र बनाउन सक्यो। उसका लागि नन्दन यादवले ४८ बलमा समान ३ चौका र छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिएका थिए।

इशान पाण्डेले ३५, रामनरेश गिरीले अविजित २८, कप्तान ज्ञानेन्द्र मल्लले २७, दुर्गेश थापाले २६, आशुतोष घिरैयाले १४ प्रतीश जिसीले १२ रन जोडेका थिए। प्रदेश १ का लागि श्रवन यादवले ३, फिर्दोस अन्सारी, दीपक जोशी र सिद्वान्त लोहनीले २/२ तथा लभ कामतले १ विकेट लिएका थिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले १ बल बाँकी छँदा सबै गुमाएर ३०४ रन बनाएको थियो। उसका लागि अंकित सुवेदीले शतकीय तथा कप्तान सिद्धान्त लोहनीले अर्धशतकीय पारी खेलेका थिए। सुवेदीले १३४ बलमा १२ चौका र १ छक्कासहित ११० रनको योगदान दिएका थिए।

लोहनीले ४० बलमा ८ चौका र ३ छक्कासहित ७२ रन बनाएका थिए। विवेक आन्नद मेहताले ३०, सोनु अन्सारीले १९, श्रवन यादवले ११ तथा निरज मुखिया र फिर्दोस अन्सारीले समान १० रन जोडेका थिए।

बागमतीका लागि रामनरेश गिरीले ५ तथा नन्दन यादव, सूर्य तामाङ, प्रतिश जिसी र इशन पाण्डेले १/१ विकेट लिँदा १ विकेट रन आउटका रुपमा प्राप्त भयो। यो जितसँगै प्रदेश १ ले २ खेलमा २ अंक जोड्दा दुवै खेलमा पराजित बागमती अंकविहीन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×