एएफसी यू २० एसियन कप छनोट: नेपालले आज कतारको सामना गर्दै

काठमाडौँ - एएफसी यू २० एसियन कप छनोटमा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। बहराइनस्थित शेख अलि बिन मोहम्मद अल खलिपा स्टेडियममा खेल राति ११: ४५ बजेबाट सुरु हुनेछ।

नेपाल प्रतियोगिताको समूह 'बी' को पहिलो खेलमा भुटानसँग २-० गोलअन्तरले पराजित भएको थियो। नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले भुटानसँगको हार स्वीकार्न नसकेको प्रतिकृया दिएका थिए।

'नेपालले भुटानसँग हार्नु भनेको स्वीकार्न सक्ने विषय होइन। हामीले पनि स्वीकार्न सकेको छैन।' उनले भने। प्रशिक्षक केसीले बहराइन पुगेर तुरुन्त खेल खेल्नुपर्दा एडजस्ट हुने समय नपुगेका तथा खेलाडीहरु बिरामी भएको प्रतिकृया दिएका थिए।

अर्कोतर्फ कतारी टोलीले आफ्नो पहिलो खेलमा नेपालसँग प्रतिस्पर्धा गर्दैछ। समूह 'बी'कै अर्को खेलमा भुटान र बंगलादेश पनि आजै प्रतिस्पर्धा गर्दैछन्।

समूह 'बी' मा नेपाल, भुटान, बहराइहिन, कतार र बंगलादेश रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×