काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चन अभिनित चलचित्र 'झुण्ड' एक दिन पहिला शुक्रवार (४मार्च)बाट प्रदर्शनमा आएको छ। यो बायोग्राफिकल स्पोर्ट्स ड्रामा चलचित्रले प्रशंसक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ। तर, चलचित्रले सोचे अनुरुप व्यापार भने गर्न सकिरहेको छैन।
चलचित्रले आफ्नो प्रदर्शनको पहिलो दिनमा १.५० करोड भारतीय रुपैँयाको व्यापार गरेको छ। व्यापार विश्लेषकलाई आशा छ कि चलचित्रले पहिलो सप्तान्तमा राम्रो व्यापार गर्नेछ। चलचित्रको निर्देशन नागराज मंजुलेले गरेका हुन्।
चलचित्रलाई भूषण कुमार, कृष्ण कुमार, राज हिरेमथ, सविता राज हिरेमथ, नागराज मंजुले, गार्गी कुलकर्णी र मीनू अरोडाले प्रोड्यूस गरेका हुन्। यो चलचित्रलाई टी-सीरीज, तांडव फिल्म्स इन्टरटेनमेन्ट र अटपट फिल्म प्रोडक्शनको ब्यानर तल बनाईएको हो। चलचित्रमा अमिताभ बच्चन एक स्पोर्ट्स टीचर 'विजय बरसे'को भूमिकामा देखिएका छन्, जो रिटायर भएका छन्। तर, उनले झुपडीमा बस्ने बच्चालाई फुटबल सिकाउछन्।