काठमाडौँ - सत्यराज आचार्यको नयाँ गीत सार्वजनिक भएको छ। देब गहतराजको प्रस्तुतिमा ‘सानी र्याईं र्याईं र्याईं...’ बोलको गीत सार्वजनिक भएको हो। गहतराजको लेखन र संगीत रहेको गीतमा सत्यराज आचार्य र मिलन नेवारले आवाज भरेका छन्। नयाँ वर्ष ०७९ को अवसर पारेर गीत सार्वजनिक गरिएको हो।
गोपाल रसाईलीले संगीत संयोजन गरेको गीत रेकर्डिङ्ग किरण बिक र कमल थापाले गरेका हुन् भने मिक्सिङ्ग र मास्टरिङ्ग श्यामश्वेत रसाईलीले गरेका छन्। गीतको भिडियो कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका छन्। यस गीतमा प्रकाश सपूत र आँचल शर्माले अभिनय गरेका छन्। सौरभ लामाको छायांकन गरेको भिडियो अर्जुन जिसीको सम्पादन रहेको छ। भिडियोको रङ्ग संयोजन रेनिश फागोले गरेका छन्।
भिडियो