अफगानी महिलालाई एक्लै यात्रा गर्न प्रतिबन्ध, पुरुष नातेदार अनिवार्य रुपमा साथमा हुनुपर्ने

एजेन्सी । अफगानिस्तानमा अब महिलाले मध्यम तथा लामो दूरीको यात्रा एक्लै गर्न नपाउने भएका छन्। तालिबानले मध्यम तथा लामो दूरीको यात्राको क्रममा साथमा परिवार वा नजिकको पुरुष नातेदार अनिवार्य रुपमा साथमा हुनुपर्ने बताएको छ।
छोटो यात्रामा मात्रै महिलाले एक्लै यात्रा गर्न पाउने छन्।

मध्यम तथा लामो दूरीको यात्रा गर्ने महिलाको साथ नजिकको पुरुष नातेदार नभएको अवस्था यात्रा अनुमति वा यातायात सेवा नमिल्ने आइतबार तालिबान अधिकारीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तालिबानको ‘सदाचार फैलाउने तथा खराबी रोक्ने सम्बन्धी’ मन्त्रालयले महिलाको यात्रालाई लिएर आइतबार निर्देशन जारी गरेको छ।

मन्त्रालयका प्रवक्ता सादिक अकिफ मुहाजिरले समाचार संस्था एएफपीसँग भनेअनुसार महिलाले ७२ किलोमिटर वा त्योभन्दा लामो यात्राका क्रममा साथमा पुरुष सदस्य हुनु पर्नेछ। यस्तै ‘हिजाब’ अर्थात पूरा शरीर तथा अनुहार ढाक्ने लुगा नलगाएका महिलालाई गाडीमा प्रवेश नदिन पनि तालिबानले यातायात सञ्चालकलाई निर्देशन दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×