काठमाडौँ - सलमान खान सञ्चालित शो ‘बिग बोस’ अक्टोबर १ बाट सुरु हुँदैछ। यो शो हेर्न मन पराउने फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन्। बिग बोस सिजन १६ को प्रोमो सार्वजनिक भइसकेको छ। प्रत्येक वर्ष यो शो टीआरपीको शीर्ष सूचीमा परिरहन्छ।
हरेक वर्ष झै यो वर्ष पनि को-को प्रतियोगीलाई समावेश गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ। जसमध्ये कतिपयको नाम बाहिर आइसकेको छ। यो सिजन निर्माताहरूले कुन-कुन सेलिब्रेटीहरूलाई अप्रोच गरेका छन् आउनुहोस आजको लेखमा हेर्नेछौं।
फेम शुभांगी अत्र
‘भाभी जी घर पर हैं’ फेम शुभांगी अत्रे शोका कारण चर्चामा छिन्। रिपोर्टका अनुसार उनको नाम लगभग तय भइसकेको छ। शुभांगीलाई पछिल्लो सिजनको अफर पनि आएको थियो।
जन्नत जुबैर
‘खतरों के खिलाडी १२’ मा धमाकेदार कमाई गरेपछि अब जन्नत जुबैर ‘बिग बोस १६’ मा देखिने भएकी छिन्। तर, अहिलेसम्म अभिनेत्रीले यसबारे आधिकारिक रुपमा केहि भनेकी छैनन्।
फैजल शेख
‘खतरों के खिलाडी १२’ का अर्का प्रतियोगी फैजल शेख पनि शोमा सामेल हुन सक्ने आकलन गरिएको छ। फैजलको सामाजिक सञ्जालमा ठूलो फ्यान फलोइङ रहेको छ। उनी अहिले ‘झलक दिखला जा १०’ मा देखिएका छन्।
पारस कालनावत
‘अनुपमा’ फेम पारस कालनावतलाई ‘बिग बोस १६’ को अफर आएको छ। यद्यपी उनी शोमा सहभागी हुने वा नहुने टुंगो लागिसकेको छैन।
टीना दत्त
‘उत्तरन’ अभिनेत्री टीना दत्तको नाम ‘बिग बोस’का लागि धेरै वर्षदेखि चर्चामा आउदै गरेको नाम हो। रिपोर्टका अनुसार ‘बिग बोस १६’ मा उनको निकै माग रहेको छ।
फहमान खान
‘इमली’ फेम फहमान खानलाई पनि ‘बिग बोस’का निर्माताहरुले अप्रोच गरेका छन्। रिपोर्टका अनुसार उनी अहिले ‘बिग बोस’ टोलीसँग वार्तामा छन्।
निशा पाण्डे
भोजपुरी अभिनेत्री निशा पाण्डेलाई ‘बिग बोस’ को लागि अप्रोच गरिएको छ। भोजपुरी सेलिब्रेटीहरू ‘बिग बोस’ को धेरै सिजनहरूमा देखिएका छन्।
मुनव्वर फारुकी
‘लकअप’ विजेता मुनव्वर फारुकीको नाम पनि लगभग पक्का भइसकेको छ। मुनव्वरको नाम लामो समयदेखि बिग बोस १६ का लागि चर्चामा छ।
मदिराक्षी मुण्डले
मदिराक्षी मुण्डलेले ‘सिया के राम’ मा सीताको भूमिकामा डेब्यु गरेकी थिइन्। ‘बिग बोस सिजन १६ शोका लागि उनको नाम पुष्टि हुने विश्वास गरिएको छ।
कनिका मान
‘खतरों के खिलाडी १२’ मा कनिका मानको भड्कावपूर्ण व्यवहार देखिएका थिए। त्यसयता फ्यानहरूले उनलाई ‘बिग बोस १६’ मा ल्याउन सामाजिक सञ्जालमा माग गरिरहेका छन्। उनी शोमा सामेल हुने पक्का छ।