गायक थानेश्वर गौतमको स्वरमा ‘पत्थर जस्तो दिल’ सार्वजनिक

काठमाडौँ - साहित्यकार नरेश ज्ञवालीको शब्दमा रहेको ‘पत्थर जस्तो दिल’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमको संंगीत तथा स्वर रहेको छ। गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको रहेको छ। स्वयम् रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो। गायक गौतमको आधिकारिक च्यानल थानेश्वर गौतम मार्फत भिडियो सार्वजनिक भएको हो।

विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला-साहित्यलाई अगाडि बढाउन प्रयासरत छन्। उनले दर्जनौं गजल र कविताहरु लेखेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×