भारत। बलिउड चलचित्र उद्योगमा अहिलेसम्म धेरै क्रिकेटसँग सम्बन्धित चलचित्र बनिसकेका छन्, प्रशंसकहरुले ति चलचित्र मनपराएका पनि छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अब अभिषेक बच्चन पनि क्रिकेटसँग सम्बन्धित चलचित्रमा देखिने भएका छन्। यो चलचित्रमा उनीसँग सैयामी खेर र शबाना आजमी पनि देखिनेछन्। चलचित्रलाई आर बाल्कीले निर्देशन गर्नेछन्।
खबरका अनुसार अभिषेक बच्चन पहिलो पटक यस्तो फरक रूपमा देखिदैछन्। उनी सैयामी खेरको कोचको रूपमा देखिनेछन्। यधपी यो कुराको आधिकारिक पुष्टि भने भइसकेको छैन।