'शक्तिमान'को टिजर हेर्नुहोस्

भारत। लोकप्रिय भारतीय टेलिभिजन कार्यक्रम 'शक्तिमान' अब चलचित्रको रूपमा आउने भएको छ। सोनी पिक्चर्स इंटरनेशनल प्रोडक्शंसले चलचित्र बनाउने घोषणा गरेको हो। चलचित्रसँग सम्बन्धित एक भिडियो पनि सार्वजनिक गरिएको छ। यो सिरिजको तीन चल्ह्चित्र बनाइनेछ। खबरका अनुसार 'शक्तिमान'को भूमिका बलिउडका कुनै चर्चित अभिनेताले निभाउनेछन्।

सोनीले अभिनेता-निर्माता मुकेश खन्नाको भीष्म इंटरनेशनलसँग मिलेर ब्रूइंग थट्स प्राइवेट लिमिटेडसँग साझेदारी गरेको छ। यो चलचित्र आउने भएपछी बच्चा देखि बुढासम्मका दर्शकहरु उत्साहित भएका छन्। बिहिबार सोनी पिक्चर्सले आफ़्नोआधिकारिक ट्विटरबाट एक ट्विट शेयर गर्दै आउँदो चलचित्र 'शक्तिमान'को टिजर सार्वजनिक गरेको छ। चलचित्र हिन्दी, मलयालम, तेलुगू र तमिल भाषामा प्रदर्शनमा आउनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×