काठमाडौँ - यो शुक्रबार तीनवटा नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। 'प्रेमगञ्ज', 'कृष्णलीला' र 'माइकल अधिकारी' एकसाथ प्रदर्शनमा आएका फिल्महरु हुन्।
प्रेमकथामा आधारित फिल्म 'प्रेमगञ्ज' परिच्छेद सेनको निर्देशनमा बनेको फिल्म हो। फिल्ममा अभिनेत्री बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सम्पदा बानियाको अभिनय रहेको छ।
त्यस्तै अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको अभिनयमा तयार भएको फिल्म 'माइकल अधिकारी' सरोगेसीको विषयमा आधारित छ। यो फिल्ममा सौगात र सृष्टिसँगै हेमन्त बुढाथोकी, आशान्त शर्मा र लुनीभा तुलाधरको अभिनय रहेको छ।
दीपक ओली निर्देशित फिल्म 'कृष्णलीला'मा अभिनेता पुष्प खड्का, ऋद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झालगायतको अभिनय रहेको छ।