शिक्षकको छुट्टै अस्पताल हुँदै गर्दा आम नेपालीले लाभ लिनसक्ने कांग्रेस नेता जोशीको भनाइ

काठमाडौँ - नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शिक्षक आन्दोलनले स्थापित गरेको शिक्षक अस्पताल चितवनमा बन्ने निर्णयले जिल्लाको समग्र विकास हुने बताएका छन्।

शिक्षकको छुट्टै अस्पताल हुँदै गर्दा यसबाट आम नेपालीले लाभ लिनसक्ने उनको भनाइ छ। उनले भने, “चितवनलाई मेडिकल हबको रुपमा विकास गर्न सहयोग पुग्छ।” नेकपा (एमाले)का नेता रामप्रसाद न्यौपानेले भरतपुरलाई साच्चिकै मेडिकल सिटीको रूपमा विकास गर्न अस्पताल सहयोगी हुने बताए।उनले भने, “कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ।” यसले यहाँको स्वास्थ्य सेवालाई थप सुधार गर्दै लैजाने उनको भनाइ छ।

माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले पनि महानगरको पहलमा जुन उपलब्धि जिल्लाले पायो यो हामी सबैका लागि गौरवको विषय भएको बताए। उनले भने, “अन्य क्षेत्रको विकाससँगै स्वास्थ्य सेवाको विकासमा यसले थप ऊर्जा भरेको छ।”

महानगरका गाउँगाउँसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन यो सहयोगी हुने उनको भनाइ छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×