समाजवादी मोर्चा सम्बद्ध विद्यार्थी संगठनको समाजवादी मोर्चा गठन

काठमाडौं - समाजवादी मोर्चा सम्बद्ध विद्यार्थी संगठनको समाजवादी मोर्चा गठन तथा  घोषणा भएको छ। च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा आइतबार दिउँसो १२ बजे मोर्चाको घोषणा भएको हो।

घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव, नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले सम्बोधन गरेका छन्।

असार ४ मा माओवादी, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सम्मेलित समाजवादी मोर्चा बनेको थियो। समाजवादी मोर्चाले सांगठनिक संरचनाको पनि अभ्यास थालेको छ। केन्द्र, प्रदेश र जिल्लामा मोर्चाको कमिटी गठन भइरहेको छ। सोही क्रममा विद्यार्थी संगठनहरुबीच मोर्चा घोषणा भएको नेताहरुले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×