घरेलु लिगमा फर्किए अस्ट्रेलियाका स्टार ब्याट्सम्यान डेभिड वार्नर

काठमाडौँ - अस्ट्रेलियाका स्टार ब्याट्सम्यान डेभिड वार्नर बिग बास लिग (बिबिएल)को नयाँ सिजनमा देखिने भएका छन्।

वार्नरले २ वर्षका लागि सिड्नी थन्डरमा रहने सम्झौता गरेका हुन्। बिग बासमा वार्नर ९ वर्षपछि फर्किएका हुन्। जनवरीमा सिड्नीमा टेस्ट खेलेसँगै वार्नर तेस्रोपटक क्लबमा जोडिनेछन्।

उनी फाइनलसहित ५ खेलमा उपलब्ध हुने सम्भावना छ। यसअघि वार्नरले सन् २०११-०१२ तथा २०१३-०१४ को सिजनमा १-१ खेल खेलेका थिए। मेलवर्न स्टार्सविरुद्ध उनले १०२ रनको शतकीय इनिङ्स खेलेका थिए। उनले सिड्नी सिक्सर्सविरुद्ध ३१ बलमा ५० रन बनाएका थिए। यसअघि वार्नर सन् २०१२-०१३ मा सिड्नी सिक्सर्समा समेत जोडिएका थिए।

क्लबसँग सम्झौता भएसँगै वार्नरले बिग बास खेल्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘जुन क्लबबाट मैले खेल्न सुरुआत गरेको थिएँ, उही क्लबमा पुनः जोडिन पाउँदा उत्साहित छु।’ पारिवारिक कारण पुनः घरेलु लिगमा फर्किएको उनले बताएका छन्। ‘म खेलमा जहिले पनि गहिराइबाट सोच्ने गर्छु। मलाई थाहा छ, एक व्यावसायिक क्रिकेटरका रूपमा जुन परिस्थितिले आनन्द मिल्छ, मलाई परिवारले बिबिएलमा फकर्न प्रोत्साहन गरेका थिए,’ उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×