एटलेटिको म्याड्रिडलाई काडिजले हरायो

काठमाडौँ - स्पेनिस ला लिगा अन्तर्गत काडिजले एटलेटिको म्याड्रिडलाई स्तब्ध पारेको छ। शनिबार राति सम्पन्न खेलमा काडिजले एटलेटिको म्याड्रिडलाइ ३-२ गोल अन्तरले पराजित गर्दै स्तब्ध पारेको हो।

काडिजको जितमा खेलको ९९ मिनेटमा रुबेन सोव्रिनोले निर्णायक गोल गरेका थिए। यस अघि काडिजका लागि थिओ बोनगोनडाले १/१ गोल गरेका थिए। त्यस्तै एटलेटिको म्याड्रिडका लागि जोआओ फेलिक्सले ८९औं मिनेटमा बराबरी गोल गरेपनि एटलेटिको हारबाट बच्न भने सकेन। त्यसअघि एटलेटिकोका लागि १ गोल काडिजका लुइस हर्नानडेजले आत्मघाती गरेका थिए।

यो जितपछि काडिजको १२ खेलमा १० अंक भएको छ र लिगमा १८औं स्थानमा रहेको छ। यो काडिजको यस सिजनको दोस्रो जित हो। त्यस्तै एटलेटिको म्याड्रिडको भने १२ खेलमा २३ अंकसहित लिगमा तेस्रो स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×