'भूल भुलैया–२' ले उठायो कार्तिक आर्यनको करिअर

काठमाडौँ - यही शुक्रबारबाट कार्तिक आर्यनको फिल्म ‘भूल भुलैया २’ विश्वव्यापी रुपमा सिनेमा हलमा रिलिज भएको छ। विभिन्न कारणले फिल्म पाउन छाडेका अभिनेता आर्यनको यो चलचित्रले सुरुमा राम्रो व्यापारको सुरुवात गरेको छ। जसका कारण उनको डुब्दो फिल्मी करिअर उठाउने आशा गरिएको छ।

यो फिल्ममा कार्तिक आर्यन, कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ। हरर जनराको हास्यप्रधान यो फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ।

भुल भुलैयाले पहिलो दिन १४.११ करोड कमाएको छ। र योसँगै यो कार्तिक आर्यनको अहिलेसम्मकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ। 

यति मात्र होइन कार्तिक आर्यनको यो फिल्म हिन्दी फिल्ममा सन् २०२२ को सबैभन्दा ठूलो ओपनर पनि साबित भएको छ। अक्षय कुमार, आलिया भट्ट, अजय देवगनदेखि टाइगर श्राफसम्म… कार्तिकले ओपनिङ कलेक्सनको मामिलामा सबैलाई पछाडि पारेका छन्। यो फिल्मले बक्स अफिसमा डुबेका हिन्दी फिल्महरूले राहतको सास फेर्न पाउनेमा कुनै शंका छैन। यता व्यबसायिक रुपमा भुल भुलैया २ ले सप्ताहन्तमा उत्कृष्ट कलेक्सन गर्न सक्ने वितरकहरुको विश्वास छ। यो फिल्मले भारतमा पहिलो साता ४५ करोडसम्मको व्यापार गर्ने आशा गरिएको छ।

भुल भुलैया फिल्ममा अक्षय कुमारको मुख्य भूमिका थियो। तर अक्षयले भुल भुलैया दुईमा व्यस्ताका कारण समय दिन सकेनन्। यसरी अक्षय कुमार व्यस्त हुँदा यो सिक्वेल फिल्ममा कार्तिक आर्यनले नायकको भूमिका निर्वाह गर्ने अबसर पाए। यतीबेला फिल्मले राम्रो सफलता हाँसिल गरेपछि आर्यनले अक्षय कुमारप्रति कृतज्ञता जाहेर गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×