राजकुमार हिरानीको आउँदो चलचित्रमा शाहरुख खान

भारत। बलिउड अभिनेता शाहरुख खान राजकुमार हिरानीको आउँदो चलचित्रमा देखिने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको छायांकन आउँदो महिना मार्चबाट शुरु हुनेछ। चलचित्रका लागि पन्जाबको एउटा गाउँलाई मुम्बईको फिल्मसिटीमा रिक्रिएट गर्ने योजना बनिरहेको छ। चलचित्रको एउटा पुरा शेड्यूल यहिं छायांकन हुनेछ। यसका अलावा चलचित्रमा तापसी पन्नू मुख्य भूमिकामा देखिनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×