आजदेखि हलमा ‘दुई नम्बरी’ र नेटफ्ल्क्सिमा नेपालको भूकम्पबारेको फिल्म ‘आफ्टरसक’

काठमाडौँ - शुक्रबारदेखि नेपाली हलमा फिचर फिल्म ‘दुई नम्बरी’ र ओटीटी प्लेटफर्म नेटफ्ल्क्सिमा २०७२ सालको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ रिलिज भएका छन्।

दीपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’मा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी र बुद्दि तामाङको अभिनय रहेको छ। २ घण्टा ५ मिनेट लामो फिल्मले मित्रताको कथा भन्छ।

नेटफ्ल्क्सिमा २०७२ सालको नेपालको भूकम्पमाथि बनेको डकुमेन्ट्री ‘आफ्टरसक : एभरेस्ट एण्ड द नेपाल अर्थक्वेक’ पनि शुक्रबारदेखि नै रिलिज भएको छ।

विनाशकारी भूकम्पलाई चित्रण गरिएको यो डकुमेन्ट्री सशक्त लाग्छ। काठमाडौं उपत्यका, सगरमाथा क्षेत्र र लाङटाङमा छायांकन गरिएको यो डकुमेन्ट्री तीन सिरिजमा विभाजित छ जसमध्ये पहिलो भागलाई नेटफ्ल्क्सिले रिलिज गरेको हो।

डकुमेन्ट्रीमा भूकम्पमा ज्यान बचाउन सफल ३५ भन्दा बढी व्यक्तिसँगको अन्तर्वार्तासहित भूकम्पको समयका फुटेजहरु प्रस्तुत गरिएको छ। वृत्तचित्र रुचाउने दर्शकलाई यो फिल्म प्रिय हुनसक्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×