चलचित्र ‘मन्त्र’ वैशाख १६ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ। चलचित्र ‘मन्त्र’ वैशाख १६ गतेबाट प्रदर्शनमा आउने भएको छ। चलचित्र विकास बोर्डमा मंगलबार राखिएको एक कार्यक्रममा निर्माण पक्षले चलचित्रको नयाँ प्रदर्शन मिती घोषणा गरेको हो। यसअघि चलचित्रको प्रदर्शन मिती माघ २८ गतेलाई तय गरिएको थियो। तर, कोरोना महामारीका कारण त्यसो हुन सकेन।

चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन मुख्य भूमिकामा रहेका छन्। खिल बहादुर तामाङको निर्देशन रहेको चलचित्रमा बुद्धि तामाङ, नमिता घिसिङ, बिर बहादुर लामा, पासाङ टि शेर्पा आदि कलाकारहरुको अभिनय रहेको छ।  देवेन्द्र मानन्धर कार्यकारी निर्माता,  रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ निर्माता रहेको चलचित्रमा साम्तेन भुटियाको कथा र सन्तोष सुनारको संगीत रहेको छ।

गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा मनास्लु हिमालको बेसक्याम्पको कथावस्तु देखाईएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×