काठमाडौँ । दाङमा मोटरसाइकल र टिप्पर एकअर्कासँग ठोक्किँदा एकको मृत्यु भएको छ।
देउखुरी- तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा२प १८४० नंको मोटरसाइकल घोराही–११ बुकालीडाँडा नजिकै लुअप १२५६ नंको जीप र ना७ख ५३१२ नंको टिप्परसँग ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो। मृत्युहुनेमा ५३ वर्षीय मोटरसाइकल चालक पदम बस्नेत रहेको खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालका अनुसार चालक बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो।
दुर्घटनामा घाइते टेकबहादुर बस्नेतलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको र मदन बस्नेत सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ भने जीप चालक र टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ।