काठमाडौँ - नटिङघम फरेस्टमाथि सहज जितसँगै आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ। आइतबार राति आर्सनलको जितमा रेइस नेल्सनले २ गोल गरेका थिए। यस बाहेक गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले १-१गोल थपेका थिए।
पहिलो हाफमा २ गोल गरेको आर्सनलले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। खेलसँगै आर्सनलले म्यानचेस्टर सिटीलाई उछिनेको छ। अघिल्लो रात लेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर शीर्षस्थानमा उक्लिएको थियो।
आर्सनल १२ खेलबाट ३१ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। पराजित फरेस्ट ९ अंक जोडेर पुछारमा रहेको छ।