इटालियन सिरि एः इन्टरको पुनरागमन जित

काठमाडौँ - इन्टर मिलानले इटालियन सिरि ए फुटबलमा एटलान्टालाई हराएको छ। आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई ३-२ गोल अन्तरले हराएको हो।

इन्टरलाई जित दिलाउन इडेन जेकोले २ गोल गरेका थिए। १ गोल इन्टरले आत्मघाती उपहार पाएको थियो। उता एटलान्टाका लागि डेमोला लुकम्यान र जोस लइस पालोमिनोले १-१ गोल गरेका थिए।

जितसँगै इन्टरले १५ खेलमा ३० अंक जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। पराजित एट्लान्टा २७ अंक जोडेर छैटौँ स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×