'नाइँ नभन्नु ल ६'मा कसले पाउला मौका

काठमाडौँ। सफल नेपाली चलचित्र 'नाइँ नभन्नु ल'को छैंठौं सिरिज बन्ने भएको छ। निर्देशक तथा लेखक विकास राज आचार्य चलचित्रको तयारीमा लागेका छन्। चलचित्रले आफ्नो पाँचौ सिरिजसम्म दर्शकहरूबाट धेरै माया पाएको छ l पहिलो सिरिजबाट नै चलचित्रमा फरक-फरक कलाकारहरूको अभिनय रहने गरेको छ l

चलचित्रको छैंठौं सिरिजमा पनि नयाँ अनुहार देख्न पाइने भएको छ l नयाँ अनुहारलाई चलचित्रमा भित्र्याउने तयारीमा  निर्देशक आचार्य रहेका छन् l चलचित्रको छायांकन वैशाखबाट सुरु हुने बताईएको छ l सलोन बस्नेत भित्रिसकेको चलचित्रमा अन्य कलाकारहरू बारे निर्माण पक्ष छलफल गरीरहेको छ l तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने चलचित्रमा एक नयाँ अभिनेत्री देखिने छिन् l यसअघिका सिरिजमा रिचा सिंह ठकुरी , स्वस्तिमा खड्का , प्रियङ्का कार्की , जीवन लुइँटेल, अभिशेक नेपाल लगायत कलाकारहरूलाई देखिसकिएको छ l चलचित्रमा निर्देशक आचार्यको कथा लेखन रहने छ भने पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई सहयोग गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×