जनकपुरमा निर्मित सहिदद्वारको उद्घाटन

धनुषा - जनकपुर ढल्केबर छ लेन सडक आयोजनाअन्तर्गत मुजेलियामा जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरेको सहिदद्वार शुक्रबार साँझ प्रयोगमा आएको छ। उपमहानगरपालिकाको करिब रु साढे चार करोडको लागतमा निर्माण गरिएको सहिदद्वार जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उद्घाटन गरे। 

धनुष आकारको सहिदद्वारको माथिल्लो भागमा भगवान् श्रीरामले धनुषमा ताँदो चढाएको आकर्षक मूर्तिका साथै मधेस आन्दोलनका क्रममा शहादत भएका सहिद नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ। ती सहिदको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो। यसैगरी उक्त आन्दोलनका क्रममा शहादत भएका अन्य  ११६ मधेसी सहिदको नाउँ पनि शिलापत्रमा कोरिएको छ। निकै भव्य र आकर्षकस्वरुपमा सहिदद्वार निर्माण भएको छ। जनकपुरधामको गरिमालाई झल्काउने उक्त द्वारको सोही दिन साँझ धार्मिक अनुष्ठान पनि गरिएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×